६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

नुवाकोटे टाईगरसँगै एक दर्जन रेस्लर फाल्गुन ११ गते काठमाडौमा भिड्दै

–भरतसन्तोषी

८ फागुन, काठमाडाैँ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाईगर सहित एक दर्जन रेस्लर काठमाडौमा भिड्ने भएका छन। काठमाडौको लैनचौर स्थित टिटि हलमा हुन गइरहेको रेस्लिङ खेलमा नुवाकोटे टाईगर सहित दिलासा,सोफी,टुपी ग्याङ,द युब,साईन,थाकु,रावण,डेविड,डेईनिका,एक्स हिरो,कुबेर केसी,प्रदिप पाण्डे लगायत रेस्लर खेलाडीहरु प्रतिस्पर्धामा रहनेछन्।

यहि फाल्गुन ११ गते शनिबार हुन गइरहेको उक्त खेललाई नेपाल रिङ रेस्लर एसोसिएसनको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदले सह-प्रायोजन गरेको छ।

प्रकाशित मिति : February 20, 2019 at 8:56 pm