२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश सपना प्रधान मल्ल
२५ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि काममा फर्किएकी छन्। प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल बिदामा बसेकी थिइन्।

सोमबार सर्वोच्च अदालतमा हाजिर भएकी मल्लले आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने भएकी छन्। सोमबार न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएको छ।
प्रकाशित मिति : June 8, 2026 at 10:26 am









