२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

२४ घण्टामा २ हजारबढी चालक ट्राफिक कारबाहीमा, ४ लाख ९१ हजार राजस्व सङ्कलन

२४ जेठ, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६१ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : June 7, 2026 at 10:06 am