४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

सम्पर्कविहीन निजामती कर्मचारीको खोजी गर्दै सरकार, ३ दिनको अल्टिमेटम

https://www.muktinathbank.com.np/online/loan-application

२२ जेठ, काठमाडौं । सरकारले सम्पर्कविहीन निजामती कर्मचारीहरुको खोजी गर्न थालेको छ ।  भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा सूचना जारी गरेको हो ।

मन्त्रालयले सूचना प्रकाशित गर्दै अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।

सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए/नभएको अवस्था तथा अन्य आवश्यक किताबखानासँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अद्यावधिक गराउनुपर्ने सूचनामा लेखिएको छ ।

प्रकाशित मिति : June 5, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/