२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

परराष्ट्र मन्त्री खनाल भोलि भारत भ्रमणमा जाँदै

२१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भोलि शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 4:56 pm