२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

२१ जेठ, बाजुरा । बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो ।

घटना आज बिहानको हो । यसबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : June 4, 2026 at 10:32 am