१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

वीरगञ्जका मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश

१९ जेठ, काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हाे ।

उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग भएको हाे । सिंहविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। उनलाई प्रहरीले सोमबार बिहान पर्साको ठोरीबाट पक्राउ गरी अदालतमा पेस गरेको हो।

प्रकाशित मिति : June 2, 2026 at 4:26 pm