कृष्णबहादुर महरालाई १ लाख धरौटीमा छोड्न अदालतको आदेश
१७ जेठ, काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ चैत २६ मा पूर्वसभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचारमुद्दा चलाएको थियो ।
प्रकाशित मिति : June 1, 2026 at 5:58 pm









