कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम पारिश्रमिक ४० हजार कायम
१५ जेठ, काठमाडाैँ । सरकारले कर्मचारीको तलब बढाएको छ । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा कुल २१ प्रतिशतले तलब बढ्नेछ।
बढेको तलबमान साउन १ देखि लागू हुनेछ। योसँगै ग्रेडसहित ४० हजारदेखि १ लाख माथि हुनेछ।
प्रकाशित मिति : May 29, 2026 at 5:44 pm







