चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन
१५ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको समय जेठ १३ भित्र १० जनाको दरखास्त परेको हो ।
आयोगको उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलसहित प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले आवेदन दिएका हुन् ।
समितिले उनीहरूलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि जेठ २६ र २७ गतेको समय तोकेको छ ।

प्रकाशित मिति : May 29, 2026 at 2:16 pm









