१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

दुई पत्रकारको प्रेस पास निलम्बन

१५ जेठ, काठमाडौँ । प्रेस काउन्सिल नेपालले दुई पत्रकारको प्रेस पास निलम्बनका लागि सूचना विभागमा सिफारिस गरेको पाइएको छ । चालु आर्थिक वर्षको कालोसूचीको विवरण अध्याधिक गर्दै काउन्सिलले यसको जानकारी दिएको हो । सूचना विभागले काउन्सिलको सिफारिस अनुसार दुबै पत्रकारको प्रेस पास निलम्बन गरेको छ ।

एनपिएलप्रेस डटकमका सुरज खड्का र स्टारअनलाइन टिभीका मनोजकुमार यादवको प्रेस पास निलम्बनका लागि प्रेस काउन्सिलले पत्र लेखेको हो । काउन्सिलले २०८२ को फागुन ८ गते भएको निर्णय अनुसार खड्कको एनपिएलप्रेस कालोसूचीमा राखेर प्रेसपास निलम्बनका लागि पत्र लेखेको हो ।

त्यस्तै २०८३ वैशाख १५ गतेको निर्णय अनुसार स्टारअनलाइन टिभीलाई कालोसूचीमा राखेर यादवको प्रेस पास निलम्बन गर्न सिफारिस गरेको हो । त्यस्तै काउन्सिलले सुदरन्युज२४ डटकमलाई कालोसूचीमा राखेको जनाएको छ । काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले एउटा सूचना मार्फत २०८३ वैशाख ३१ गतेको मितिमा यसको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : May 29, 2026 at 7:36 am