१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

२४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाख राजस्व संकलन

१४ जेठ, काठमाडौं ।  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२३ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : May 28, 2026 at 1:16 pm