पोखरामा सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर
१४ जेठ, काठमाडौं । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ।

कास्की, १४ जेठः
पोखराको पृथ्वीचोकमा सार्वजनिक जग्गामा निर्माण गरिएका भौतिक संरचना बिहीबार महानगरले डोजर लगाएर भत्काउँदै। सार्वजनिक जमिनमा विभिन्न मजदुर सङ्गठन र सामाजिक सङ्घ संस्थाले भवन बनाएका थिए। तस्बिरः कृष्ण दवाडी÷रासस
सार्वजनिक जमिनमा विभिन्न मजदुर सङ्गठन र सामाजिक सङ्घ संस्थाले भवन बनाएका थिए। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले अनधिकृत टहरा तथा संरचना हटाएको जनाएको छ।
प्रकाशित मिति : May 28, 2026 at 1:03 pm









