सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस
११ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सिफारिस समितिले अध्यक्ष पदका लागि तीन जनाको नाम छनोट गरी अर्थमन्त्रीसमक्ष पेश गरेको छ ।
अध्यक्ष पदका लागि आवेदन दिएका ४७ जनामध्येबाट चार जनाको नाम ‘सर्ट लिस्ट’ मा परेकाे थियाे । सर्ट लिस्टमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका थिए । यी मध्येबाट पनि योग्यता, कार्ययोजनाको प्रभावकारिता र अन्तर्वार्ताको प्रदर्शनका आधारमा तीन जनाको नाम सिफारिस गरिएको जनाइएको छ ।
सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउने व्यवस्था रहेको छ। मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सम्भवतस् यही बैठकले सिफारिसमा परेका तीनजनामध्येबाट एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ ।
प्रकाशित मिति : May 25, 2026 at 2:11 pm









