स्मार्ट जीवनका नयाँ साथीः साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक
१० जेठ, काठमाडौं । साओमीले नेपाली बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (AIoT) उपकरण —साओमी ट्याग र रेड्मी हेडफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सुरक्षित र सहज बनाउने उद्देश्यले डिजाइन गरिएका हुन्।
साओमी ट्याग केवल १० ग्राम तौलको स्मार्ट ट्र्याकिङ उपकरण हो, जसलाई चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामानसँग जोडेर प्रयोग गर्न सकिन्छ। विशेष ट्र्याकिङ एपमार्फत यसले हराएको सामानको स्थान पहिचान गर्न सहयोग पुर्याउँछ।
उपकरणमा ‘लस्ट मोड’ सुविधा उपलब्ध छ, जसले सामान हराएपछि त्यसलाई पहिचान गरी फेला पार्ने व्यक्तिलाई मालिकको सम्पर्क विवरण देखाउने सुविधा दिन्छ। साथै, यसमा सुरक्षित ट्र्याकिङ प्रणाली, अनधिकृत ट्र्याकिङ चेतावनी तथा एक वर्षसम्म टिक्ने परिवर्तन गर्न मिल्ने ब्याट्री जस्ता विशेषता समावेश छन्। आईपी६७ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता भएकाले दैनिक प्रयोगमा हुने सामान्य झट्का तथा मौसमीय असरबाट पनि सुरक्षित रहने कम्पनीले जनाएको छ।
त्यसैगरी रेड्मी हेडफोन नियोले ४२ डेसिबलसम्मको सक्रिय ध्वनि नियन्त्रण सुविधा प्रदान गर्छ, जसले बाहिरी अनावश्यक आवाज कम गर्न सहयोग पुर्याउँछ। ४० मिलिमिटर गतिशील ड्राइभरयुक्त हेडफोनले गहिरो बास तथा स्पष्ट अडियो अनुभव दिने कम्पनीको दाबी छ।
यसमा एआईमा आधारित ध्वनि शुद्धीकरण प्रणालीसहित तीनवटा माइक्रोफोन रहेका छन्, जसले फोन कललाई अझ स्पष्ट बनाउने बताइएको छ। पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री टिक्ने भएकाले लामो समयसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
रेड्मी हेडफोन नियो कालो तथा स्यान्ड ह्वाइट रंगमा उपलब्ध रहेको छ। यसको मूल्य रु १२ हजार ९९९ तोकिएको छ भने साओमी ट्यागको मूल्य रु २ हजार ९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति : May 24, 2026 at 5:12 pm









