७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द

७ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो ।

सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभयो । उहाँको ९७ वर्षको उमेरमा यही जेठ ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : May 21, 2026 at 11:20 am