१३५ रुपैयाँमा मुक्तिनाथ विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
७ जेठ, काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम २५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी जेठ १४ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : May 21, 2026 at 9:54 am









