डावर नेपालको उत्पादन गुणस्तरहिन, डावर हनी बजारबाट फिर्ता गर्न सरकारको निर्देशन
७ जेठ, काठमाडौँ । सरकारले डावर नेपालको उत्पादन गुणस्तरहिन रहेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा संकलन गरेको डाबर हनी ब्राण्डको मह गुणस्तरहिन रहेको प्रमाणित गरेको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम संकलन गरिएको डाबर हनी प्रयोगशालामा परीक्षण गर्दा न्युन गुणस्तरको पाइएको विभागले जनाएको छ । विभागले एनबी ००४७७ ब्याच नम्बर रहेको डाबर हनी बिक्रीविरण नगर्न र बजारमा वितरण भइसकेको सामान समेत फिर्ता गर्न डावर नेपाललाई निर्देशन दिएको छ ।

विभागको निर्देशनमा भनिएको छ, ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा ४ बमोजिम बिक्रीवितरण नगर्न र नगराउनुहुन महानिर्देशक ज्युको निर्देशनानुसार सम्बन्धित उत्पादकलाई यो आदेस जारी गरिएको छ ।’ विज्ञापनको आडमा उपभोक्ता ठग्दै आएको डावर नेपालका अन्य उत्पादनमा पनि समस्या रहेको बुझिएको छ ।
प्रकाशित मिति : May 21, 2026 at 9:37 am









