५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्धारा शपथ ग्रहण

५ जेठ, काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । शर्मा आजै प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 19:14