२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

हिरासतमा सुलभसँग आइप्याड फेला परेपछि प्रहरीमाथि छानबिन

५ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि छानबिन सुरू भएको छ।जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको समयमा अग्रवाललाई नियमविपरीत सुविधा दिएको उजुरी परेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समिति गठन गरेको हो ।

कार्यालयका डीआईजी ओम अधिकारीको नेतृत्वमा समिति गठन भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई चैत १९ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : May 19, 2026 at 12:36 pm