२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

नेपाल वायु सेवा निगमले जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

१ जेठ, काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट रु २२ अर्बबराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट रु १२ अर्ब बराबरको ऋण लिएको थियो ।

कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई रु ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई रु २१ अर्ब १२ करोड १७ लाख बराबर रहेको छ ।

प्रकाशित मिति : May 15, 2026 at 6:02 pm