३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सिप्रदी ट्रेडिङ र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्बन्धी सम्झौता

३१ वैशाख, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ ।

काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा भएको हो । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग पनि नगद रहित बीमा दावी सम्झौता गरिसकेको छ ।

कम्पनीका अनुसार यस सेवाबाट ३ हजार भन्दा बढी ग्राहकले छिटो र झन्झट मुक्त दावी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको छ । यस सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

प्रकाशित मिति : 17:27