१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश

३१ वैशाख, काठमाडौं। सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउमा कारण देखाउ आदेश जारी गरेको छ । पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो ।

साथै सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘ठगी तथा आपराधिक विश्वासघात’ को कसुरमा आइतबार राति सिन्धुलीबाट पक्राउ गरेको थियो । सीईओ पाण्डेको पक्राउलाई गैरकानुनी भन्दै उहाँकी श्रीमती दाहालले सर्वोच्चमा रिट दर्ता गराउनुभएकाे हाे ।

प्रकाशित मिति : May 14, 2026 at 4:25 pm