सम्पत्ति छानबिन आयोगमा क–कसले बुझाउनुपर्छ सम्पत्ति विवरण ?
३१ वैशाख, काठमाडौं । सम्पत्ति छानबिन आयोगले दायरामा परेका सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।
आयोगले विहीबार एक सूचना निकालेर उनीहरुलाई आफ्नो र परिवारका सदस्यहरुका अनि नेपालमा र विदेशमा रहेको सम्पत्तिको विवरण बुझाउन भनेको हो । आयोगले २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको छ ।
- बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु एवं उपप्रधानमन्त्रीहरु समेत
- बहालवाला मन्त्रीहरुदेखि पूर्वमन्त्रीहरु, राज्यमन्त्री र सहायकमन्त्रीहरु समेत
- बहालवाला सांसदहरु, पूर्वसांसद, संविधानसभाका सभासदहरु समेत
- संवैधानिक पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरु,
- नेपाल सेनाका अवकाशप्राप्त सहसचिव तहका अधिकारीहरु
- प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री, मन्त्रीदेखि सहायकमन्त्रीहरु (पूर्व पदाधिकारीसमेत)
- प्रदेशसभाका सांसदहरु र सदस्यहरु (पूर्वपदाधिकारी समेत)
- महान्यायाधीवक्ता, मुख्यन्यायाधीवक्ताहरु(अवकाशप्राप्त समेत)
- पुरानो जिविस र अहिलेको जिससका पदाधिकारीहरु
- स्थानीय तहको प्रमुख र उपप्रमुखहरु(पूर्व पदाधिकारी समेत)
- नेपाली दूतावास, कूटनीतिक नियोगका प्रमुख र कर्मचारी
- सहसचिव स्तरका निजामती, संसद, स्वास्थ्य, मानवअधिकार सेवाका कर्मचारी
- सहसचिव स्तरका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी
- कार्यालय प्रमुख बनेको भए उपसचिव स्तरका कर्मचारी
- नेपाल राष्ट्र बैंकको गभर्नरदेखि सहसचिव स्तरका कर्मचारी
- सरकारी बैंक र वित्तीय संस्थाका सहसचिव र त्यो भन्दा माथिका कर्मचारी/पदाधिकारी
- सार्वजनिक संस्थानका बोर्डका पदाधिकारी र पूर्वपदाधिकारी
- सार्वजनिक संस्थानका सहसचिव स्तरका कर्मचारी र त्यो भन्दा माथिका पदाधिकारी
- विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी र सहसचिव र माथिल्ला तहका कर्मचारी
- राष्ट्रपति र उपराष्ट्रपति बाहेक उनीहरुको सचिवालयमा नियुक्ती लिएका सल्लाहकार र सचिवहरु
- प्रधानमन्त्रीदेखि संवैधानिक निकायका सल्लाहकार र सचिवालयका कर्मचारीहरु
प्रकाशित मिति : 11:33









