एन्फा अध्यक्षसहितलाई विदेश जान रोक
१३ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहितको पासपोर्ट कालोसूचीमा परेको छ।अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको र त्यहिँअनुसार कालोसूचीमा राखिएको छ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।
सोही समितिले आर्थिक विषयमा छानविन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको खेलकुद परिषद स्रोतले जनाएकाे छ ।
प्रकाशित मिति : 13:48









