नेपाल माइक्रो इन्स्योरन्समा श्रीमतीको नाममा सेयर छैनः सुजन ओली
१० वैशाख, काठमाडाैँ । सेजनका पूर्व अध्यक्ष समेत रहनुभएको क्यापिटलनेपाल डटकमका सम्पादक सुजन ओलीले नेपाल माइक्रो इन्स्योरन्समा श्रीमिती दुर्गा निरौलाको नाममा १० हजार कित्ता संस्थापक सेयर नलिएको दाबी गर्नुभएको छ ।
हिमालखबर डटकममा २०८० मंसिर १३ गते बुधबार प्रकाशित भएको रमेशकुमारको ‘लघु बीमामा एकाधिकार हुने गरी एकै समूहलाई लाइसेन्स’ शीर्षकको समाचारमाथि २०८३ वैशाख ८ गते दैनिकी डटकममा माधवप्रसाद तिवारीले लेख्नुभएको ‘बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार’ शीर्षको समाचारमा आपत्ति जनाउँदै उहाँले प्रमाण सार्वजनिक गर्न चुनौति दिनुभएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयको विवरणकै आधारमा हिमालखबरले २०८० मा इन्फोग्राफिक्ससहितको समाचार सार्वजनिक गरेको थियो भने दैनिकीले पनि कम्पनी रजिष्ट्रारको कार्यालयको विवरणकै आधारमा सम्बन्ध केलाउने काम गरेको थियो ।
ओलीले नेपाल माइक्रो इन्स्योरेन्समा १० हजार कित्ता सेयर रहेको कुरा देखाउन दैनिकीमा खण्डन मार्फत र सामाजिक सञ्जाल दुबैबाट चुनाैति दिनुभएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश भएको नेपाल माइक्रो इन्स्योरेन्सको प्रबन्धपत्र र नियमावलीमा उहाँको १० हजार कित्ता सेयर रहेको देखिन्छ । जुन प्रबन्धपत्र र नियमावलीमा दुर्गा निराैलाको १० हजार कित्ता सेयर देखिन्छ त्यसमा ओली स्वयंले साक्षीमा हस्ताक्षर गर्नुभएको छ ।

जुन कुरा आंशिक रूपमा ओलीले फेसबुक मार्फत दिएको प्रष्टिकरणमा स्वीकार गर्नुभएको छ उहाँले भन्नुभएको छ ‘सर्वप्रथम त मेरो र मेरो परिवारको सो इन्स्योरेन्स कम्पनीमा कुनै पनि प्रकारको शेयर छैन । सो कम्पनीको शेयर लिने भन्ने विषयमा तत्कालिन समयमा फर्म भरेको भने हो । फर्म भरेपछि धेरैको सुझावले सो कम्पनीको शेयर नलिन सल्लाह दिएका कारण शेयर लिने प्रक्रियाबाट बाहिरिएको हो । आवश्यक रकम नै नबझुाएकोले शेयर हुने कुरै भएन । शेयर सदस्यको वास्तविकता कम्पनी रजिष्टार कार्यालयको विवरणबाट नै प्रष्ट देखिने कुरा हो ।’

ओलीले फेसबुक मार्फत दिएको प्रष्टिकरण ।
बिचौलियाको नामले चिनिएका विवादित व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुदन गुरुङको व्यावसायिक साझेदारीको समाचार बाहिरिएपछि हामीले हिमालखबर डटकममा २०८० मंसिर १३ गते बुधबार प्रकाशित भएको रमेशकुमारको ‘लघु बीमामा एकाधिकार हुने गरी एकै समूहलाई लाइसेन्स’ शीर्षकको समाचारबाट संस्थापकहरूको सम्बन्ध केलाएका हाैँ । नीतिगत भ्रष्टाचार गरेर सेटिङमा लिइएको लघु बीमाको लाइसेन्स र त्यसमा सेयरको रूपमा मिडिया र पत्रकारको संलग्नता केलाउने प्रयासमात्र हामीले गरेका हाैँ ।
नेपालमा पछिल्ला केही वर्षयता पत्रकारितामाथि विश्वास संकट गहिरिँदै गएको छ र विशेषगरी केही पत्रकारहरूले विवादित व्यापारीहरूसँग नीतिगत भ्रष्टाचारमा साझेदारी गर्दै आफ्नो तथा श्रीमतिको नाममा सेयर लिएको तथ्य हामीले केलाएका मात्र हाैँ यो तथ्य दुई वर्षअघि नै हिमालखबरमै सार्वजनिक भैसकेको छ ।
ओलीले दैनिकीमा प्रकाशित समाचारमा असहमित राखेर लेखेको पत्र जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छाैँ ।


प्रकाशित मिति : 08:46









