९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक नै दीपक भट्टको साझेदर, कसरी हुन्छ निष्पक्ष अनुसन्धान ?

९ वैशाख, काठमाडाैँ । विचौलिया दिपक भट्टको सम्पत्तिमा अनुसन्धान गरिरहेको निकायका प्रमुख नै भट्टसँग व्यवसायिक साझेदार रहेको खुलासा भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर श्रीमती मार्फत भट्टको साझेदार रहेको प्रमाण दैनिकीले प्राप्त गरेको छ ।

विवादित हिमालयन रि ईन्स्योरेन्समा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत समूहको लगानी रहेको छ । सोही कम्पनीमा भट्टले अवैध कारोबार गरेको र सम्पत्ति सुद्धिरकण सम्बन्धी कसुर गरेको भन्दै विभागले नै अनुसन्धान गरिरहेको छ ।

dainiki.com

सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका भट्टसँग हिमालयन रि ईन्स्योरेन्समा ठाकुरले श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता लिइएको पाइएको छ । भट्ट र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुर समेत साझेदार भएको प्रमाण भेटिएपछि विभागले गर्ने अनुसन्धान र कारबाही माथि नै प्रश्न उब्जिएको छ ।

कर्मचारीदेखि पत्रकारसम्म सबै मिलाएर राज्य संयन्त्र नै करिब कब्जा गरेर व्यवसाय गरिरहेका विचाैलिया भट्टसहित हिमालयन रि ईन्स्योरेन्स धितोपत्र सम्बन्धी कानुन उलंघन गरेको अभियोगमा कारबाहीमा पर्दैछ । बुधबारमात्र सार्वजनिक भएको धितोपत्र बोर्डको एक अनुसन्धान प्रतिवेदनले धितोपत्र सम्बन्धी कानुन उलंघन गरेको अभियोगमा कारबाही सिफारिस गरेको छ ।

मधेश प्रदेश महोत्तरी जिल्ला मनरा शिवा नगरपालिका ९ स्थायी ठेगाना भएको राखी निहारिकाको नाममा ठाकुरले २० हजार कित्ता सेयर लिएको सार्वजनिक भएपछि अब विभागले भट्ट माथि गर्ने अनुसन्धानमै प्रश्न उठ्ने भएको छ । यसअघि लघुबीमाको लाइन्सेन्स हत्याउने समयमा भट्ट समूहले पत्रकार र मिडियाका नाममा बाँडेको सेयरको विवरण दैनिकीले सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस्

बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार

सेयर बजारमा कृत्रिम कारोबार गराएर तीन अर्बको चलखेल

प्रकाशित मिति : 06:42