६ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । बसधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ को विन्दुमा बन्द भएको हो । यस दिन २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको छ । यस दिन ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।यस दिन ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, शिखर पावर डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयरमा सकरात्मक सर्किट लागेको हाे ।

प्रकाशित मिति : 15:11









