पूर्व सभामुखहरूसँग छलफलमा सभामुख अर्याल
३० चैत, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले पूर्व सभामुखहरूसँग भेटवार्ता गर्नुभएको छ । सभामुख अर्यालले आज पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : 13:06









