६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट


२५ चैत, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच विश्व बैंकसँगको सहकार्यमा पशुपालन र कृषि क्षेत्रमा भएका साझेदारी, नवप्रवर्तन, बजार व्यवस्थापन सुधार, जलवायु परिवर्तनका असर घटाउने, कृषि क्षेत्रको विकासका निम्ति नीतिगत सुधार, पोषण सञ्जालका साथै समावेशी कृषि विकासबारे छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ र

प्रकाशित मिति : April 8, 2026 at 1:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/