७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

पोर्चुगल नेदरल्याण्डसँग ३–० ले पराजित


१३ चैत, काठमाडौं । विश्वकपको तयारीमा रहेको पोर्चुगल मैत्रीपूर्ण खेलमा नेदरल्याण्डसँग ३–० ले पराजित भएको छ । सोमबार राति जेनेभामा भएको खेलमा विश्वकपमा छनोट हुन नसकेको नेदरल्याण्डले पोर्चुगललाई हराएको हो ।

पछिल्ला खेलमा लगातार गोल गर्दै आएका पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् । नेदरल्याण्डका लागि मेम्पिस डिपेइ, रायन बाबेल र विर्गिल भान डिजेकले एक–एक गोल गरे ।

पोर्चुगलविरुद्ध नेदरल्याण्डले पहिलो हाफमा नै तीन गोल र्गयो । दोस्रो हाफमा पोर्चुगल १० खेलाडीमा सीमित भयो तर थप गोल भने खाएन । कावाको क्यानसेलो दोहोरो पहेंलो कार्ड खाँदै ६१ औं मिनेटमा बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको हो ।

गोलयात्रामा ब्रेक लागेपछि रोनाल्डोलाई ६८ औं मिनेटमा जोएओ माउन्टिन्होले प्रतिस्थापन गरेका थिए । रुसमा हुने विश्वकप फुटबलमा पोर्चुगल समूह ‘बी’ मा परेको छ । यो समूहमा स्पेन, मोरक्को र इरान पनि छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार ०९:४७