२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

नेप्सेमा उच्च अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

१८ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार नेप्से ७४.७३ अंले घटेर २७७६.३६ को बिन्दुमा बन्द भएको छ । यस दिन १३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ ।

आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल रि–इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले यस दिन सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १५:१४