१० असार २०८३, बुधबार | Wed Jun 24 2026

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

२० चैत, काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा शुक्रबार साँझ अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

dainiki.com

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा ब्यूरोले अग्रवाल पक्राउ गरेको हो । शंकरका छोराहरू सुलभ र साहिल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र हुन ।

जगदम्बा स्टील्स, जगदम्बा मोटर्स, शौर्य सिमेन्ट, रिद्धि सिद्धि सिमेन्ट, हिमालयन पुनर्बीमा, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा फ्लोर एण्ड एग्रो, जगदम्बा मोबाइल्स, जगदम्बा अल्कोबेभ, जगदम्बा ओभरसीज, मोदीखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर, जगदम्बा हायर पर्चेज लगायत शंकर ग्रुप अन्तर्गतका कम्पनीहरू हुन ।

प्रकाशित मिति : April 3, 2026 at 10:37 pm