२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

आरोन राम्सेले अब युभेन्ट्सबाट खेल्ने, साताको झण्डै ६ करोड रूपैयाँ पारिश्रमिक पाउने

२९ माघ, काठमाडाैँ । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर आरोन राम्सेले क्लब छाडेका छन । उनले आगामी सिजन इटालियन क्लब युभेन्ट्सबाट खेल्ने भएका छन् । राम्सेसँग युभेन्ट्सले प्रि–कन्ट्राक्ट सम्झौता गरेको छ। उनीसँग ४ वर्षको सम्झौता गरिएको छ। सम्झौता अनुसार राम्सेले साताको ४ लाख पाउन्ड (५ करोड ८७ लाख रुपैयाँ बढी) पाउनेछन्।

योसँगै राम्से सार्वाधिक तलब पाउने ब्रिटिस खेलाडी बनेका छन्। सम्झौता भएसँगे २८ वर्षीय मिडफिल्डर राम्सेले ११ सिजनपछि आर्सनल छाड्ने भएका छन्। वेल्सका अन्तर्राष्ट्रिय खेलाडी राम्सेसँग आर्सनलको सम्झौता आगामी ३० जुनसम्म छ। उनले ११ वर्षमा आर्सनलबाट २ सय ५९ खेलमा ६१ गोल गरे।

प्रकाशित मिति : 10:02