३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

३ फागुन, काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपालालई आशा दिएका हुन्। टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सुवास खकुरेलले अर्धशतक बनाएका थिए ।

नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११÷११ रन जोडे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १३:०३