२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

२९ माघ, काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे ।

इटालीका बलरमध्ये क्रिशान कालुगामागेले चार ओभरमा १८ रन दिँदै तीन विकेट लिए । यस्तै, बेन मानेन्टीले नौ रन खर्चेर दुई विकेट झारे भने जसप्रीत सिंह र जे जे स्मट्सले समान एक÷एक विकेट लिए ।

पावरप्लेमा नेपालले एक विकेट गुमाएर ४५ रन बनाएको थियो, तर मध्यक्रममा लगातार आउट भएपछि ठूलो स्कोर बनाउन सकेन । अब जितका लागि इटालीलाई २० ओभरमा १२४ रन आवश्यक छ ।

प्रकाशित मिति : February 12, 2026 at 5:01 pm