२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

२३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्दै युनाइटेड अजोड, बोर्डबाट पायो अनुमति

२७ माघ, काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले माघ २७ गते नेपाल धितोपत्र बोर्डबाट १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले रु. १०० अंकित दरमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १७:४९