२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

मंगलबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

२७ माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १०.२५ अंकले घटेर २६६२.१४ को बिन्दुमा बन्द भएको छ । यस दिन ७४ कम्पनीको सेयर मूल्य बढेको भने १७९ कम्पनीको मूल्य घटेको । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ५.२४ प्रतिशतले घटेको छ । त्यसैगरी, माई खोला हाइड्रोपावरको सेयर मूल्य ४.६३ प्रतिशत, घलेम्दी हाइड्रोको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १५:१४