ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
२५ माघ, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५१ प्रतिशतले कम हाे । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी करिब ३९ प्रतिशतले बढेर ४८ करोड ७६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल सञ्चालन आम्दानी पनि ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३९ करोड २१ लाख रुपैयाँ थियो।
चुक्ता पूँजी ६४ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीकाे जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले ३ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २९ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीकाे वितरणयोग्य मुनाफा ६ करोड ३५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.२४ रुपैयाँबाट घटेर ३२.६७ रुपैयाँमा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.५९ गुणा रहेको छ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १६:४१








