२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

१०.२५ अंकले घट्यो सेयर बजार, साढे ११ अर्बमाथिको कारोबार

२५ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १०.२५ अंकले घटेर २६९८.४४ अंको गिरावट आएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सुपरमाई हाइड्रोपावर र रिदी पावर कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन सुपरमादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे यस दिन ५६ करोड ३ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १५:२४