२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

आगलागीमा परी एक बालकको मृत्यु


१२ चैत, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

आगलागीमा मरिकको १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक भएको आगलागीमा भएको र उक्तघरमा सुरज एक्लै सुतेको र चाग्न नसकेको कारण आगोमा परीसुरजको जलेर मृत्यु भएको सुनसरीको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।

आगलागीमा विन्देश्वरको तीन वटा फुसको घरसमेत जलेर नष्ट भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडाकुँडालगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु दुई लाख ५० हजार बराबरको क्षति भएको स्थानीय पवन रौनीयारले जानकारी दिए ।

स्थानीयवासी, नेपाल प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुण यन्त्रणले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी पछि मरिक परिवार शोकमा डुब्नुका साथै घरबारविहीनसमेत भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १०:०२