३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

भारतमा १२ वर्षीय बालिकालाई सामूहिक बलात्कारपछि मट्टितेल छर्केर जिउँदै जलाइयो


१२ चैत, काठमाडौँ । भारतको आसाम राज्यको नगाँउमा पाँच कक्षामा पढ्ने एक १२ बर्षिय बालिकालाई तीनजना केटाले सामुहिक बलात्कारपछि बालिकालाई मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

उक्त घटना बटदेबा थाना अन्तर्गत पर्ने लालंग गाउँको भएको हो । पिडितको ९० प्रतिशत शरीर जलेको र उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालिकाले अन्तिम शास फेर्नुअघि बलत्कारीको बारेमा प्रहरीलाई जानकारी गराएकी थिईन ।

प्रहरीले उक्त घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । ती दुबै अभियुक्त नाबालक रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै अभियुक्तले आफ्नो अपराध स्विकार गरिसकेको प्रहरीले दावी गरेको छ ।

घटनामा संलग्न प्रमुख अभियुक्त मानिएका जाकिर हुसैनको खोजी भइरहेको र यस घटनालाई लिएर गाउँमा आक्रोस फैलिएकाले संभावित घटनालाई मध्यनजर राख्दै सुरक्षा ब्यवस्थालाई कडा बनाइएको स्थानीय ुप्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ०७:३९

https://srdb.com.np/