१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

१२ माघ, काठमाडाैं । आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको लक्ष्य दिएको छ।

सुपर-६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो।स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्।

अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन जोडिन्। १२औं ‌ओभरमा ७९ रन बनाउदा ६ विकेट गुमाएको स्कटल्यान्डको इनिङ चटर्जीले सम्हालेकी थिइन्। बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीले ३ विकेट लिइन्।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ११:१०