२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

के हो त सधैँ चर्चामा रहने ओम्नी काण्ड ?

१२ माघ, काठमाडौँ । नेपालमा जब–जब ठूला भ्रष्टाचार काण्डको चर्चा हुन्छ, तब मानिसहरू यति, ओम्नी, वाइडबडी भनेर क्रमशः दश भन्दा बढी काण्ड फरर बताउँछन । काण्ड भित्र पनि भ्रम र यथार्थ दुबै हुने गर्छ । तर पछिल्लो समय चर्चा हुने गरेका काण्डमा भ्रम के हो र यथार्थ के हो भनेर बुझ्ने र बुझाउने प्रयास खासै देखिदैन् ।

आज हामीले सधैँ चर्चामा रहने यस्तै काण्डहरू मध्येको ओम्नी काण्ड के हो त भनेर खोज्ने प्रयास गरेका छौँ रु त्यसका लागि काण्डको एक पक्षको रूपमा व्याख्या गरिएका स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठसँग केही प्रश्न गरेर उहाँको जवाफ जस्ताको त्यस्तै भिडियो मार्फत नै प्रस्तुत गरेका छौँ ।

कोरोना महामारीजस्तो राष्ट्रिय संकटको समयमा स्वास्थ्य सामग्रीको आपूर्तिमा सधैँ ठेक्का पाइरहने कम्पनीले काम नपाएपछि सार्वजनिक भएको थियो यो काण्ड । स्वास्थ्य सामग्रीको हाहाकार नै भैसकेको अवस्थामा सरकारले त्यस समयमा नियमित रूपमा विभिन्न ढंगले स्वास्थ्य सामग्रीको आपूर्तिमा काम गर्नेहरूसँग छलफल गरेर नै पक्रिया अघि बढाएको स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रा।लि। एउटाले मात्र सामग्री ल्याउन सक्ने बताएपछि ठेक्काको प्रकिया मार्फत काम गरिएको र उसले सम्झौता अनुसार काम नगरेपछि सम्झौता रद्द गरिएको श्रेष्ठको भनाइ छ ।

ओम्नी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई यस प्रकरणमा जोडेर बढी आलोचना गरिन्छ । आलोचकहरूले त्यो अम्नी प्रकरण केवल एक कम्पनी वा एक मन्त्रालयसँगमात्र सीमित विषय नभएको भन्दै भ्रष्टाचारको उपमाको रूपमा व्याख्या गर्ने गरेका छन । उनीहरूले ओली, पोखरेल र ढकालको सन्दर्भको कुरा आउने वित्तिकै ओम्नीको नाम लिइहाल्छन । तर वास्तविकतामा सबैले नाम लिने पात्रहरू कतै जोडिएको देखिदैन । अर्थात ओम्नीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गको एउटा विभागले सम्झौता गर्यो र उसैले रद्द पनि गर्यो ।

ओम्नी काण्डमा भष्टाचार भयो भन्ने उजुरीको जवाफ दिन स्वयं अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उपस्थिति हुनुभएको श्रेष्ठ जसले ओम्नीले हालेको मुद्दामा सर्वोच्चमा उपस्थित भएर पनि जवाफ दिनुभयो । आज हामीले उहाँसँगै यो काण्डको वास्तविकता के हो भनेर केही प्रश्न गरेका छौँ । उहाँले दिनुभएको जवाफ तल प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : January 26, 2026 at 9:13 am