३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

हज समितिमा फेरि भ्रष्टाचारको गन्ध, समितिको निर्णयमा पूर्व अध्यक्ष मियाको असन्तुष्टि


११ चैत, काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिमा फेरि विवाद देखिएको छ । यसअघि भ्रष्टाचारको अभियोग लागेको समितिलाई फेरि सदस्यहरुले नै अनियमिताको आशंका गरेका छन ।

आइतबार सार्वजनिक विदा भएपनि गृहमन्त्रालयमा बसेको हस समितिको बैठकमा पुरानै निर्णयलाई निरन्तरता दिइएको भन्दै पूर्व अध्यक्ष ताज मोहमद मियाले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन । समितिले पुरानै निर्णयलाई निरन्तरता दिएको भन्दै पूर्व अध्यक्ष मियाँले असन्तुष्टि व्यक्त गरे ।

यसअघि बिना टेण्डर मक्कामदिना लानका लागि एयरअरेबियालाई दिएकोमा अहिलेको बैठकले पनि सोही निर्णयलाई निरन्तरता दिएको छ । प्रतिस्पर्धा नगराउँदा मन्त्रीसम्मको स्वार्थ जोडिएको हो कि भन्ने आशंका देखिएको छ ।

मियाँले मुस्लिम गठबन्धनका संयोजकले उपसमितिका सदस्यलाई तपाइहरुले जसरी पनि हस्ताक्षर गर्नु पुरानै निर्णय सदर गर्नु भनेर हजको अफिसमै गएर दबाब दिएको बताए ।

प्रतिस्पर्धा गराउँदा धेरै सस्तोमा हजयात्रीले मकामदिना जाने अवसर पाउने थिए भने त्यही खर्चमा अन्य दशौँ यात्रीले हजयात्राका लागि मक्कामदिना जाने अवसर पाउँथे तर आर्थिक चलखेलका कारण बिना टेण्डर एकै एयरलाइन्सलाई लैजाने र ल्याउने जिम्मा दिइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार २२:४३

https://srdb.com.np/