११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

राष्ट्रिय सभा सदस्यमा एमालेकी रोशनी मेचे निर्वाचित

११ माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित हुनुभएकाे छ । कांग्रेस एमाले गठबन्धनबाट मेचे निर्वाचित हुनुभएकाे हाे ।

मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गर्नुभएकाे हाे । मेचेले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो। निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ।

मेचेकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई २२ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। कोशीमा नेकपाका १७ जना मात्रै प्रदेश सांसद थिए।

न्यौपानेले कांग्रेस, एमाले, जसपा गठबन्धनबाट ५ जना प्रदेश सांसदको मत आफूतिर तान्न सफल हुनुभएकाे छ । गठबन्धनका स्थानीय तहका १७ जना मतदाताले पनि क्रस मतदान गरेर नेकपाकी नमितालाई मत दिएका छन्।

कोशीमा स्थानीय तहमा नेकपाका ३६ मतदाता हुन्। तर, नमिताले ५८ जनाको मत पाउनुभएकाे छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १६:५९