८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

३ कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने, बोर्डसँग मागे अनुमति

८ माघ, काठमाडाैं । तीन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । दोल्ती पावर कम्पनी, ओरियन्टल होटल र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

दोल्ती पावरले १ः०.९६१८ अनुपातमा ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँ बराबरको ५१ लाख ५९हजार ८६० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

त्यस्तै, ओरियन्टल होटलले १०ः२.६६३ अनुपातमा ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँबराबरको ३१ लाख ५५ हजार ५० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

 साथै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १ः०.८८६६ अनुपातमा ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरको ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १७:५९