टी-२० विश्वकप ग्लोबल छनोटः नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
८ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भएको हो । नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
रुबिना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे पनि जितका लागी पर्याप्त हुन सके । बलिङमा नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टीयु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १२:४५






