आफूले पाएको पदक मन्त्रालयलाई दान दिएर शिक्षामन्त्रीबाट महावीर पुनको राजीनामा
६ माघ, काठमाडाैँ । आफूले पाएको पद मन्त्रालयलाई दान दिएर शिक्षामन्त्रीबाट महावीर पुनको राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले फेसबुक मार्फत यसको जानकारी दिनुभएको छ ।
मन्त्री पुनले राजीनमा अघि फेसबुक मार्फत अन्तराष्ट्रिय र राष्ट्रिय पदकहरु मन्त्रालयमा दान गरेको जानकारी दिनुभएको थियो । पदकहरू दान गरेपछि पुनले फेसबुक मार्फत लेख्नुभएको थियो, ‘मैले पाएको सम्पूर्ण अन्तराष्ट्रिय र राष्ट्रिय पदकहरु नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवज्यू मार्फत दान गरियो । यी पदकहरु बेचेर राष्ट्रिय आबिष्कार केन्द्र र बीरगंज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेको कुरा सबै लाई थाहा नै होला। तर ४ बर्ष सम्म प्रयास गर्दा पनि कसैले किनेनन् । त्यसैले नेपाल सरकारको सम्पति भयो। ठुलाकोट पोखराको २८ रोपनी जग्गा पनि बेचेर कृषि औजार कारखाना लाई दान गर्न खोज्दैछु । त्यां पनि बिक्री भएको छैन।’
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:०३









