७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

पूर्व कप्तान पाण्डेको नेतृत्वमा क्रिकेट खेलाडी संघ, वर्तमान कप्तान खड्का महासचिव


११ चैत, काठमाडौँ । क्रिकेट खेलाडी संघ नेपालले नेतृत्व पूर्व कप्तान डा मनिषराज पाण्डेले सम्हालेका छन । आइतबार संघको १२ सदस्यी कर्यसमितिको अध्यक्षमा पाण्डे चुनिएका छन । काठमाडौंमा भएको तेस्रो वार्षिक साधारणसभाले पूर्वकप्तान पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा राजु खड्का र सीता रानामगर रहेका छन् । यस्तै पारस खड्का महासचिव, राजु बस्न्यात सचिव र पृथु वास्कोटा कोषाध्यक्ष रहेका छन् । सदस्यमा वसन्त शाही, दिपेन्द्र चौधरी, सुवास खकुरेल, सोमपाल कामी र करुणा भण्डारी रहेका छन् । पूर्वअध्यक्ष पवनकुमार अग्रवाललाई पनि कार्यसमितीको दोस्रो वरियतामा राखिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १८:४७